‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ | Khabarhub Khabarhub

‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दयाहाङ राई को मुख्य भूमिका रहेको ‘डिग्री माइला’ले दर्शकबाट उत्साहजनक साथ पाएको छ । वितरक गोविन्द शाहीका अनुसार शुक्रबार मध्याह्न देखि यताका सबै शोहरु हाउसफूल छन् ।

नयाँ वर्षलाई लक्षित गरी प्रदर्शनमा ल्याइएको यस फिल्मले अपेक्षित व्यापार गरिरहेको निर्माण पक्षको दाबी छ । सबै शो हाउसफूल भएपछि केही हलहरूले शोसमेत थप गरेको वितरक बताउँछ ।

नयाँ वर्षको दोस्रो दिन आइतबार फिल्मले दर्शकबाट सन्तोषजनका साथ पाएको छ । करिब ९० प्रतिशत अनुपेन्सीका साथ फिल्म तेस्रो दिनमा प्रदर्शनरत छ ।  बुकिङ हेर्दा पनि गुनासो गर्ने स्थान छैन ।

दर्शकहरुको प्रतिक्रिया बुझ्न निर्माण पक्ष हल-हलमा पुगेको छ । गत वर्ष सुपरहिट फिल्म ‘जारी’ दिएका वर्षको सुरुवात गरेका दयाहाङले यो वर्ष ‘डिग्री माइला’ ल्याएका छन् । दर्शकको सुरुवाती साथ हेर्दा उनको यो वर्षको सुरुवात पनि सुखद हुने देखिन्छ ।

हालसम्म यो फिल्मलाई दर्शकले दिएको साथ खुसी गर्न लायक रहेको कार्यकारी निर्माता मणिराम पोखरले बताउँछन्  ।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्देशक र लेखक रामबाबु गुरुङ हुन् । यो फिल्म मास्टर डिग्रीको शैक्षिक योग्यताको अहमताले भरिएको ‘डिग्री माइला’ पात्र र समाजले ऊसँग राखेको अपेक्षा तथा परिस्थितिजन्य तनावको कथा पेस गर्छ।

फिल्मा दयाहाङ, आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ५ : १० बजे

‘१० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु अस्वाभाविक’

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविक

क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता

काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी– गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौं– निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार

काँक्रेविहार– उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको