झापामा हर्षोल्लास साथ मनाइयो सिरुवा पर्व   « Khabarhub

झापामा हर्षोल्लास साथ मनाइयो सिरुवा पर्व  


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरूले आज सामूहिक रूपमा काद (हिलो) खेलेर सिरुवा पर्व मनाएका छन् ।

नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायले मुख्य चाड सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जल सिरुवा र आज कादो (हिलो) सिरुवा मनाइएको छ । सिरुवाको अन्तिम दिन सोमबार रङ दलेर मनाइने राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशीले बताए ।

उनले जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायले यो पर्व मनाइरहेको बताए । उनीहरूले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर पर्व मनाउने गरेका छन् ।

वैशाख १ गते उनीहरूले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा पर्व मनाउने गरेको उनको भनाइ छ । उनीहरूले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत कार्य गरेका छन् ।

उनका अनुसार भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकाले सिरुवा पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

उनका अनुसार नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको