खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादन : मुख्यमन्त्री अधिकारी « Khabarhub

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादन : मुख्यमन्त्री अधिकारी


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताएका छन् । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास पहिलो सर्तका रुपमा रहेको उनले बताए ।

काठमाडौँमा यही वैशाख ४ गतेदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडीलाई आज पोखरामा बिदाइ गर्दै उनले खेलाडीलाई उच्च मनोबलका साथ अनुशासित भएर प्रदेशको शान माथि उठाउने गरी खेल्न र सफलता प्राप्तिको शुभकामना दिए ।

मुख्यमन्त्री अधिकारीले भने, “गण्डकी प्रदेशको शान माथि उठाउने गरी मैदानमा अनुशासित बनेर खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु, गण्डकी प्रदेशको इज्जतका लागिसमेत यहाँहरुलाई सफलता प्राप्त होस् ।” प्रदेश सरकार सक्षम जनशक्ति उत्पादनको अभियानमा लागेको मुख्यमन्त्री अधिकारीले बताए।

“मान्छेलाई रोग लाग्नु दिनु हुँदैन, रोग लाग्न दिनुभन्दा अघि नै ‘प्रिभेन्सन’ आवश्यक छ, स्वस्थ नागरिकबाट उत्पादकत्व वृद्धि हुन्छ, सरकार सक्षम जनशक्ति उत्पादनमा लागेको छ, त्यसका लागि खेलकुदको विकास पहिलो सर्त हो”, मुख्यन्त्री अधिकारीले भने ।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीलाई टीका लगाएर बिदाइ गर्दैै प्रदेश खेलकुद परिषद् गण्डकीको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ९८ खेलाडीसहित प्रशिक्षक र ‘टिम म्यानेजर’ गरी एक सय १५ जनाको सहभागिता रहने प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र करातेतर्फका खेलमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा सात प्रदेशबाट छ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । विभिन्न छ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ८ : २५ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि