मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या | Khabarhub Khabarhub

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताए । उनले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताए ।

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उनले भने, “मकै हात्तीको मनपर्ने खाना हो । जति यसको खेती बढ्यो उति हात्तीको सङ्ख्या र क्षति बढिरहको हाम्रो अनुसन्धानले देखाएको छ ।”

उनले सोबारेमा सरकारको ध्यानाकर्षण गरिसकेको बताए । जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उनले बताए ।

उनले विगतमा पनि मकै खेतीकै कारण वैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्ती समेत थपिएर आतंक मच्चाउने गरेको जानकारी दिए । उनले जिल्लामा ३० भन्दा बढी रैथाने हात्ती रहेको बताए ।

प्रमुख राईले हाल दैनिक सातदेखि आठ वटा राहतका लागि निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसान आउने गरेको बताए । उनले विसं २०८० असार ८ गतेदेखि हालसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छ जना, घर र बालीनालीमा क्षति पुर्याएको पाँच सय ३३ र घाइते गरी रु एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरुप बाँड्न बाँकी रहेको जानकारी दिए ।

यसैगरी बुद्धशान्ति गाउँपालिकाका किसान जङ्गली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोषित बनेका छन् ।

स्थानीय सीताराम बाँस्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासिनताका कारण आफूहरु मारमा परेको बताए । उनले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० बिघाभन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताए ।

स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँबस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उनको गुनासो छ । उनले मकै खान आएको हात्तीलाई लेख्टन खोज्यो भने उल्टै मानिसलाई नै आक्रणम गर्न आउने गरेको बताए । “हात्ती थेतरो भइ सकेछ”, उनले भने , “पहिला पहिला त हो होल्ला गर्दा भाग्थ्यो । अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ ।”

उनले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताए । उनले समस्या बारे पटकपटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको बताए ।

उनले भने, “शान्तपूर्वकको मागलाई कसैले सुन्दोरहेनछ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सृजना भइसक्यो ।”

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १० : ५० बजे

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउछौँ : मन्त्री शर्मा 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको

मौद्रिक नीतिको समीक्षाप्रति शेयर लगानीकर्ताको धारणा : ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ 

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं– सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन 

पहिरेबेंसी– चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित