वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते « Khabarhub

वीरगञ्जको वीर्ता बजारमा बम विष्फोट, ३ घाइते


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा–वीरगञ्जको बिर्ता बजारमा बम विष्फोट हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुतली बम विष्फोट भएको भए पनि कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । साँझपख व्यस्त रहेको तरकारी बजारमा विष्फोट हुँदा तरकारी बेचिरहेकी एक महिला गम्भीर घाइते भएकी छन् । अन्य दुई जना पनि तरकारी किन्न बजारमा आएका रहेको स्थानीयले बताएका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनाको पुष्टि गर्दै विष्फोट उश्रृंखल समूहले गराएको हुन सक्ने आशंका रहेको बताए । खबरहबसँगको कुराकानीमा पोखरेलले भने, ‘तरकारी बजारमा विष्फोट भएर बजारमै रहेका ३ जना घाईते भएको सूचना आएको छ । उनीहरुको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । नियोजित नभई कुनै उश्रृंखल व्यक्तिले विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको हामी अनुसन्धान गरिरहेका छौ ।’

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : २६ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार