सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ : राजेन्द्र पाण्डे « Khabarhub

सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ : राजेन्द्र पाण्डे


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए । 

पाण्डेले सोमबार खबरहबसँग कुरा गर्दै भने ‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन् । कुरा स्पष्ट छ । सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो । त्यहाँबाट सरकार पछि हटेको छ । यस्तो भएपछि के सहयात्रा होला र ?’ 

सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री  नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे । 

उनले भने, ‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र ? भाग अनुसार त पाउँनुपर्यो नि । सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ । अरू विकल्प छैन ।’ 

यसैबीच सुदूरपश्चिममा कांग्रेसका रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस र समाजवादीले सहयोग गरेका छन् । 

उनलाई नेपाली कांग्रेसका १८, नाउपा रेशम पक्षका ५ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको छ । 

यसो हुँदा उनको पक्षमा २७ सांसदले मतदान गर्ने देखिन्छ । प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन । यस्ते राप्रपाका एक संसद्को मत पनि लक्ष्मणकिशोरको पक्षमा आउने देखिन्छ । 

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ । यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन् । यता कैलाश चौधरीको पक्षमा २१ मत छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ११ बजे

कस्ता अवसर र चुनौती छन् महासंघको नयाँ नेतृत्वसँग ?

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन

नेपाल रन फाइव के च्यालेन्ज २६ गते आयोजना हुने

काठमाडौं– नेपाल रन फाइव के च्यालेन्ज वैशाख २६ गते आयोजना

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

बिकेस र अरूणले पेस्तोले देखाएर लुटेका थिए काठमाडौंका व्यापारी, सीसीटीभी फुटेज भाइरल भएपछि समातिए

काठमाडौं- काठमाडौंको इन्द्रचोक र आसपासका क्षेत्रमा भएका लुटपाट घटनामा संलग्न

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : निर्वाचितहरूको शपथ बिहीबार

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा सम्पन्न भएको छ