कश्मीर मुद्दामा पाकिस्तानलाई चीनको साथ « Khabarhub

कश्मीर मुद्दामा पाकिस्तानलाई चीनको साथ


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारत प्रशासित क्षेत्र कश्मीरका विषयमा भारत सरकारले लिएको निर्णयको चर्चा अहिले विश्वभर छ । यही विषयमालाई लिएर देशका धारणा एक अर्कामा बाझिएका छन् ।

कश्मीरको विषयलाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास पनि गरिरहेको छ । यसैक्रममा छिमेकी चीनले कश्मीर घटनाको विषयमा पाकिस्तानलाई साथ दिने भएको छ । पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले कश्मीर विषयमा चीनको साथ पाकिस्तानलाई रहने बताएका छन् ।

चीन पुगेका कुरैशीले चीनका विदेशमन्त्री वांग यीसँग भेटवार्ता गर्दै कश्मीर विषयमा छलफल भएको बताएका छन् । भेटका क्रममा चीनले कश्मीरका विषयमा भारतले लिएको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको भन्दै कुरैशीले भारतीय व्यवहारले धेरै मानिस खतरामा परेको टिप्पणी चीनले गरेको उल्लेख गरेका छन् ।

चीन भ्रमणमा भएको भेटवार्ता तथा छलफलका विषयलाई लगातार सामाजिक सञ्जाल ट्वीटबाट सार्वजनिक गर्दै उनले पाकिस्तान र चीनबीचको भाइचाराको सम्बन्ध अझै मजबुद बन्दै गएको उल्लेख गरेका छन् ।

हेर्नुहोस् पाकिस्तानी विदेशमन्त्री कुरैशीले गरेको ट्वीट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ६ : ५५ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा