विमलको गोलले जित्यो टिसीले « Khabarhub

विमलको गोलले जित्यो टिसीले


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक एक गोल गरे । टिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीलाई २-० को जित दिलाए ।

खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिए ।

जितसंगै टिसीले ७ खेलबाट १२ अंक जोडेको छ । टिसी चौंथो स्थानमा रहेको छ । पराजित निलान्धो ८ खेलमा अंकबिहीन रहेको छ । निलान्धो पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : १९ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार