भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता | Khabarhub Khabarhub

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर शहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । 

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’ हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो । 

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, ‘हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।’ धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् । 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ३९ बजे

 धर्मशालाबाट आन्तरिक राजस्व कार्यालयको सेवा पुनः थालनी

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो

हात्ती परिचालन गरेर बाघको खोजी

बाँके– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर

पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लिमा– पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा पुगे ऊर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन