शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट | Khabarhub Khabarhub

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेर नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको छ ।

शिवमले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित नेपालको पहिलो सिमेन्ट कम्पनी हो ।

सर्वसाधारणका लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले आगामी दिनमा कम्पनीलाई गुणस्तरीय उत्पादन मार्फत थप उचाइतर्फ लैजाने प्रतिबद्धता जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुङ्गाको प्रयोग गरी दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम् सिमेन्ट ओपीसी मात्र उत्पादन गर्ने नेपालकै एक अग्रणी सिमेन्ट कम्पनी हो । स्थापनाकालदेखि नै निरन्तर ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् सिमेन्टले व्यक्तिगत, व्यवसायीक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरूका अनेकौं संरचना निर्माणमा विगत लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।

यो कम्पनी ‘भरोसा अटुट सम्बन्धको’, क्वालिटीको मामलामा नो कम्प्रोमाइज’, गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मूल नाराका साथ अगाडि बढी रहेको छ । नेपालमा गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा दिँदै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : २० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा