मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का « Khabarhub

मध्यपहाडी पुष्पलाल लोकमार्ग : सम्झौता तोडिएको नौ महिनापछि पुनः ठेक्का


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको ठेक्का नौ महिनापछि पुनः खुलाइएको छ । 

आगामी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउनेगरी ठेक्का खोलिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गस्थित अलपत्र बागलुङको बिहुँ खण्डको १२ किमि सडक कालोपत्रका लागि पुनः ठेक्का लगाइएपछि आन्दोलनरत स्थानीयवासी खुसी भएका छन् । 

दुई वर्षमा सक्नुपर्नेकाम पाँच पटक म्याद थाप्दा समेत काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेर पुनः रु २४ करोडको लागतमा  ठेक्का लगाउनका लागि निर्माण व्यवसायीसँग आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिए। 

अधिकारीका अनुसार ७२ प्रतिशत भौतिक प्रगति गरेको निर्माण व्यवसायीसँग ठेक्का रद्द गरी पुनःमूल्यांकनका आधारमा नौ महिनापछि ठेक्कामा गएको हो । हालसम्म सम्पन्न भइसकेको भौतिक पूर्वाधारका आधारमा बाँकी गर्नुपर्ने काम र थप काम समेत गरी १२ किमि सडकमा रु २४ करोड लाग्ने अनुमान गरिएको सूचना अधिकारी तथा इञ्जीनीयर पवन सुवेदीले बताए।  

बागलुङको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । 

दुई दशक अगाडि ट्रयाक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति निर्माण गरेरै चरणबद्ध आन्दोलन गर्दै आएका छन् । स्थानीयको माग अनुसारनै ठेक्का सम्झौता रद्द गरी पुन ठेक्का लगाइएको आयोजनाले जनाएको छ ।

पुनः ठेक्का लगाइएको सडकमा दुई वर्षभित्रै कालोपत्र सक्ने योजना मध्यपहाडी लोकमार्गको छ । विसं २०५४ मै बाटो आउँदा हर्षित बनेका बागलुङको बिहुँका स्थानीय सडक कालोपत्र नुहँदा हिउँदमा धुलो र बर्खामा धुलोले आजित बनेका छन् । 

सडक कालोपत्रमा चरम लापरबाही भएपछि स्थानीयवासीले आन्दोलनको विकल्प नभएको भन्दै पटक–पटक सडक अवरुद्ध गर्दै आएको र अहिले पुनःठेक्कामा जाँदा स्थानीयवासी केही आशावादी रहेको स्थानीयवासी डिलप्रसाद कँडेलले बताए। 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ३९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको