राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल « Khabarhub

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून निर्माणमा समेत केही प्रभाव परेको बताएका छन्। 

उनले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाए ।

सङ्घीय संसद्का विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भने, ‘सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।’

राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाँती नरहेको जनाउँदै उहाँले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताए।

सभाका कामकारवाही र गतिविधि गतिशील र चुस्त  भएमा सञ्चारमाध्यम स्वयंले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चार जगत्को सहयोगको अपेक्षा गरे ।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसाबले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले  हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाए।

सो कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरीलगायत सहभागी थिए।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ४७ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी