बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन | Khabarhub Khabarhub

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै बारुणयन्त्रलाई व्यवस्थित गरी राखिएको छ । महानगरसित पाँच हजार लिटर क्षमताको दुईवटा र तीन हजार लिटर क्षमताको एउटा दमकल रहेको छ ।

यसमा पाँच हजार लिटरका दुईवटा बारुणयन्त्र पुष्पलालचोकमा र तीन हजार लिटर क्षमताको बारुणयन्त्र विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राखिएको बारुणयन्त्रको जिम्मेवारी सम्हालेका कर्मचारी राजन पौडेलले जानकारी दिए ।

महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारी माईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारी माईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र सात/आठ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

सुक्खा तथा खडेरी मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको जनाउँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

उनले यस्तो विपद्को घटनालाई समयमै नियन्त्रण गर्न सकियो भने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै दुःख गरेर आर्जन गरेको सम्पत्तिलाई क्षति हुन नदिन आगलागीका घटना जानकारी पाउने बित्तिकै घटनास्थल पुग्नुपर्ने कुरामा जोड दिए । प्रमुख कोइरालाले आज सबै बारुणयन्त्रको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्न अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : २५ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको