वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय झापाद्वारा आज यहाँ आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा उनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

“हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोशी वन निर्देशनालय धरानका वन निर्देशक इन्द्रमणि भण्डारीले मानव–हात्ती द्वन्द्वबाट मान्छे मात्र नभएर हात्ती पनि पीडित भएको बताए । सामुदायिक वनको नाममा वन क्षेत्रमा मानिसको प्रवेश बाक्लो हुन थालेपछि मानव–हात्ती द्वन्द्व बढ्दै गएको उनले बताए ।

“हात्तीले खाने र मन पराउने रुख र लहरा मान्छेले वनबाट ल्याउन थालेपछि हात्तीलाई आहार अभाव हुन थाल्यो”, उनले भने, “यसले गर्दा आहाराको खोजीमा हात्तीको प्रवेश बढ्दै गएको छ ।”

हात्ती नियन्त्रणका लागि जिल्लामा निर्माण भएका ७६ किलोमिटर सोलार फेन्स यहाँका २७ वटा समूहलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले झापा जिल्लामा मानव–हात्ती द्वन्द्व र सौर्य तारबारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, वन अधिकृत देवेन्द्र उप्रेती, एटीएनसीका सदस्य सचिव चन्द्र अधिकारी, सामुदायिक वन प्रतिनिधि जानुका ओलीलगायतले मानव–हात्ती द्वन्द्व घटाउनुपर्ने र सौर्य तारबारलाई बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३९ बजे

गृहमन्त्रीले संसद्‍मा बोल्न पाउनुपर्छ, त्यसपछि समिति बनाउन तयार छौँ : उपसभापति अर्याल

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री

संसद्मा अवरोधबीच सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

काठमाडौं– इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना

गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसद् खुलाउने कुरामा लचिलो भएको छ

मन्त्री भण्डारीले गरे बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको