वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय झापाद्वारा आज यहाँ आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा उनले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

“हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उनले भने, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कोशी वन निर्देशनालय धरानका वन निर्देशक इन्द्रमणि भण्डारीले मानव–हात्ती द्वन्द्वबाट मान्छे मात्र नभएर हात्ती पनि पीडित भएको बताए । सामुदायिक वनको नाममा वन क्षेत्रमा मानिसको प्रवेश बाक्लो हुन थालेपछि मानव–हात्ती द्वन्द्व बढ्दै गएको उनले बताए ।

“हात्तीले खाने र मन पराउने रुख र लहरा मान्छेले वनबाट ल्याउन थालेपछि हात्तीलाई आहार अभाव हुन थाल्यो”, उनले भने, “यसले गर्दा आहाराको खोजीमा हात्तीको प्रवेश बढ्दै गएको छ ।”

हात्ती नियन्त्रणका लागि जिल्लामा निर्माण भएका ७६ किलोमिटर सोलार फेन्स यहाँका २७ वटा समूहलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले झापा जिल्लामा मानव–हात्ती द्वन्द्व र सौर्य तारबारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, वन अधिकृत देवेन्द्र उप्रेती, एटीएनसीका सदस्य सचिव चन्द्र अधिकारी, सामुदायिक वन प्रतिनिधि जानुका ओलीलगायतले मानव–हात्ती द्वन्द्व घटाउनुपर्ने र सौर्य तारबारलाई बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १० : ३९ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका