उप-निर्वाचनका लागि दाङमा ३४ मतदानस्थल तय « Khabarhub

उप-निर्वाचनका लागि दाङमा ३४ मतदानस्थल तय


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा हुने उप-निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप-महानगरपालिका-१६ मा उप-निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप-महानगरपालिका-१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप-महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप-निर्वाचनको मिति तय गरेको छ ।

मतदाता थपिए

दाङमा डेढ वर्षयता १७ हजार२१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको संघीय र प्रदेशको निर्वाचनमा ३ लाख ४५ हजार ६ सय ३३ मतदाता थिए । हाल ३ लाख ६२ हजार ९ सय ४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : २७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो