देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव « Khabarhub

देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राष्ट्रपति डा. रामबरण यादवले देशका लागि राम्रो काम गर्नेलाई राष्ट्रले सम्मान गर्छ भन्ने कुरा नयाँ पिडिहरुलाई बोध गराउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा शताब्दी पुरुष गणेश बहादुर बस्नेतको अभिनन्दन कार्यक्रममा उनले देश र समाजका लागि काम गर्नेहरुका विषयमा जानकार गराउँदै नयाँ पीडिहरुलाई राम्रो काम गर्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

शताब्दी पुरुष गणेश बहादुर बस्नेत गर्ने गरेको सत्कर्मका लागि सबैले सम्मान गर्नुपर्ने उनले बताए । यादवले समाज र देशका लागि योगदान दिनेलाई राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै नेतृत्वमा बसेकाहरू जिम्मेवार हुनुपर्ने बताए । उनले जनताबाट अनुमोदित भएकालेहरुले शक्तिको दुरुपयोग नगरी आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

सोलुखुम्बु जिल्ला थुलुङ दुधकोसी २ काँगेल वाहुण्डीमा वि.सं. १९८० साल कार्तिक ४ गते जन्मनु भएका पूर्व प्रशासक (स्थानीय विकास अधिकारी) बस्नेतलाई पूर्वराष्ट्रपति यादवले अभिनन्दन गरेका थिए । 

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : २९ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि