आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित « Khabarhub

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ल क्यापिटल्सले शानदार जित निकालेको छ। गुजरात टाइटले दिएको ९० रनको चुनौती दिल्लीले ४ विकेटको क्षतिमा ६७ बल बाँकी हुँदै भेट्टाएको हो।

टस जितेको दिल्लीले गुजरातलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातको ब्याटिङ नचल्दा १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाएको हो।

गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रन जोडे। साई सुदर्शन १२ रनमा आउट हुँदा राहुल तेवाटिया १० रनमा समेटिए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

गुजरातको इनिङलाई कमजोर पार्न दिल्लीका लागि मुकेश कुमारले तीन विकटे लिए। इशान शर्मा र ट्रिस्टन स्टब्सले समान दुईदुई विकेट हात पारे भने खलील अहमद र अक्षर पट्टेलले एकएक विकेट लिए।

९० रनको लक्ष्य पछ्याएको दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले २० रन जोडे। साई होप १९, कप्तान ऋषभ पन्त नटआउट १६ र सुमित कुमार नटआउट ९ रनमा समेटिए। दिल्लीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको हो।

यो जितसँगै दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ। उसले सात खेलमा ६ अंक जोडेको छ। समान ६ अंकमा रहेको गुजरात भने रनरेटको आधारमा सातौं स्थानमा झरेको छ।

आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र मुम्मबई इन्डियन्सको प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : १३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।