तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै « Khabarhub

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ । पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ ।

हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो ।

उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए ।

तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको बताए ।

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ । उनले तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको बताए ।

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ९ : ३४ बजे

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।