बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा... | Khabarhub Khabarhub

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न आज १ः३० बजेतिर बैंक निस्कीए ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक गए । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन ।

पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन् । वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे, यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो । हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएका रहेछन् ।

टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सकेनन् ।

“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।” प्रनाउ शर्माले भने, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।”

प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनारलाई बुझाइएको जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १० : ५२ बजे

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे

कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता

काठमाडौं–  कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन

दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

एजेन्सी– भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट

बिहार विधान सभा चुनाव : एनडीएको सुनामीमा डुब्नेतर्फ आरजेडीको लालटिन

पटना- बिहार विधानसभा चुनावमा शुक्रबार २४३ सिटको नतिजा सार्वजनिक हुँदैछन्।

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका