कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ? « Khabarhub

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.2k
Shares
  • change font
  • change font
  • change font

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ । तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ ।  

कुन भिटामिनको कमीले निद्रा लाग्छ त ?

भिटामिन- डी

शरीरमा भिटामिन डीको कमीका कारण निद्राको समस्या हुन थाल्छ भन्ने धेरै अनुसन्धानले पत्ता लगाएको छ । भिटामिन डी कम भएको कारणले धेरै थकान, कमजोरी र निद्रा लाग्न सक्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरसलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ।

यसले हड्डी दुख्ने समस्यालाई कम गर्छ । यति मात्र होइन, भिटामिन डीले मेटाबोलिजमलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि प्रभावकारी रूपमा काम गर्छ। शरीरमा भिटामिन डी कम हुँदा दुखाइ, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याको जोखिम बढ्छ । त्यसैले भिटामिन डी युक्त खानेकुराको सेवन गर्ने र बिहान ८ बजे घामको किरण लिनुपर्छ।

भिटामिन- बी १२ 

जब शरीरमा भिटामिन बी १२ कम हुन थाल्छ, तब अत्यधिक निद्रा लाग्न थाल्छ । भिटामिन बी १२ को कमीले न्यूरोलोजिकल र मानसिक समस्याहरूको जोखिम बढाउँछ। एक अनुसन्धानका अनुसार शरीरमा भिटामिन बी १२ को कमीले धेरै निद्रा लाग्ने गर्छ ।

 भिटामिन बी १२  विशेष गरी शाकाहारी मानिसहरूमा कम पाइन्छ । यसका साथै बढ्दो उमेरसँगै भिटामिन बी १२ पनि कम हुन थाल्छ । यसका लागि भिटामिन बी १२ युक्त आहार लिनु आवश्यक छ। आफ्नो आहारमा सोयाबिन, दही, दूध, चीज, ओट्स, दलिया र अण्डा समावेश गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : २३ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा