कविता: आज हामी « Khabarhub

कविता: आज हामी


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

  • जगन्नाथ काफ्ले

निरक्षरहरुले अक्षर बनाए अनि त संसार बिज्ञ छ ||१||
तर हामी,
लाइब्रेरीहरुमा ठेली का ठेली पुस्तक हुँदा पनि
करोडौं गुरुहरुले लाखौँ शिक्षालयहरुमा पढाई रहंदा पनि
पुर्व प्राथमिक तहबाट उत्तर विज्ञ प्रमाणपत्र जम्मा गरे पनि
अशिक्षित छौं !

शब्द नहुनेले भाषा बनाए र पो आज संसार प्राज्ञ छ ||२||
तर हामी,
संसारमा हजारौं हजार भाषा बोलिँदा पनि
प्राचीन कालबाट सभ्यताको पाठ घोकिरहंदा पनि
जीवनलाई कोण कोणबाट सिके पनि
असभ्य छौं !

नाङ्गा शरीरहरुले बस्त्र बनाए तब त संसार आज पहिरनी छ ||३||
तर हामी,
लाखौं लाख दर्जीले सिलाए पनि
करोडौं करोड पोशाक तयार भएपनि
चांग का चांग बस्त्रालंकारले सुसज्जित भए पनि
नाङ्गो छौं !

भोको पेटले खाना सिकाए र त आज संसार तृप्त छ ||४||
तर हामी,
सर्वत्र भोजनालय खुले पनि
घर मै चौरासी व्यंजन पाके पनि
ढ्याउ ढ्याउ गर्दै डकारे पनि
भोक्कै छौं !

एक ब्यक्तिको सोचले समाज बनायो र पो आज संसार सामाजिक छ ||५||
तर हामी,
एक बटनले संसार जोडिदा पनि
पृथ्वीमा नआंटने मान्छे मान्छे भए पनि
प्रेम नै प्रेमले भरिएको समाजमा पनि एक्लो छौं !
केवल एक्लो !!

– जगन्नाथ काफ्ले
(२०७६.०४.१९, हेल्सिन्की, फिनल्याण्ड)

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : २७ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज