तस्वीरमा हेर्नुस् पूर्व राजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुस् पूर्व राजा ज्ञानेन्द्रकी नातिनी पूर्णिका


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी एवं पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहकी छोरी हुन् पूर्णिका शाह । उनी यतिबेला थाइल्याण्डमा छिन् ।

आमा हिमानीसँग थाइल्याण्ड पुगेकी पूर्णिकाको अध्ययनको व्यवस्थापन भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहपनि गत शुक्रवार थाइल्याण्ड गएका छन् भने हजुरआमा कोमल पनि थाइल्याण्ड गएकी छिन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयका अनुसार नातिनी पूर्णिकाको अध्ययन र भर्नाको व्यवस्थापनका लागि पूर्व राजपरिवारका सदस्यहरु थाइल्याण्ड गएका हुन् ।

पूर्णिका पछिल्लो समय आमा हिमानीसँग हरेकजसो क्रियाकलापमा देखिने गरेकी छिन् । गत साता पूर्व राजा ज्ञानेन्द्र शाहको पुस्तक विमोचनमा पनि उनी हिमानीसँगै देखिएकी थिइन् भने साउने सोमबार पशुपति दर्शनका लागि पनि उनी हिमानीसँग देखिएकी थिइन् ।

उनी समाजिक सञ्जालमा तस्वीरहरु सेयर गर्न रुची राख्छिन् । उनले बुवा पारश शाह, आमा हिमानीका साथसाथै हजुरववा र हजुरआमासँगका तस्वीरहरु पनि सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छिन् ।

हेरौं केही तस्वीर

तस्वीर–पूर्णिकाको फेसबुक पेजबाट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : ५५ बजे

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष