सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने, ५२ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुने तिनै जना भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावतीका रहेका छन् । बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

 ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । एक जना बसले च्यापिएको अवस्थामा रहेका छन् । दुर्घटनामा बेहुलासहित ५४ जना घाईते भएका थिए । घाइते मध्ये शरीरका विभिन्न अंगमा गहिरो चोटपटक लागेका २७ जना गम्भीर घाईतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । 

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेस दोलखा नेता सुवास लामाले बताए। २७ जना गम्भीर घाइते मध्ये पनि ८ जनाको शरीरका हातखुट्टा र टाउकोमा गहिरो चोट लागेको हुँदा उनिहरुलाई थप उपचारको लागि काठमाडौ लैजाने तयारी रहेको लामाले बताए । 

उक्त बस भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख  ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज बिहान साढे सात बजे दुर्घटना भएको थियो । 

अहिले भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर पनि घाइतेको अवस्था बुझ्न सिन्धु सदावहार अस्पताल सिन्धुपाल्चोक पुगेका छन्।

-सुबास बस्नेत

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ३० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ