कोशीका मुख्यमन्त्रीले वैशाखमै विश्वासको मत लिनुपर्ने « Khabarhub

कोशीका मुख्यमन्त्रीले वैशाखमै विश्वासको मत लिनुपर्ने


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

कोशी प्रदेशसभापछि सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

बैठकमा मुख्यमन्त्रीले संविधानअनुसार नै अघि बढ्ने बताएकाले ३० दिनभित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे । ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्गप्रशस्त गर्न थप दबाब दिने बताए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने उनले बताए ।

त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्गप्रशस्त गर्नुपर्ने जिकिर गरे । शुक्रबार संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले बैशाख २६ गते सम्ममा विश्वासको मत लिइसक्नुपर्ने सहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो ।

यो पनि-
कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ६ : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका