एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त | Khabarhub Khabarhub

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।

पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो। दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग ५ विकेटले पराजित भयो।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुँदैछ। प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार भिड्नेछन्।

तेस्रो सथानको खेल जित्दै नेपालले इमर्जिङ कपमा स्थान बनाउने लक्ष्य राखेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्न पाउने छन्।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : २४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं