एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त « Khabarhub

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।

पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको हो। समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो। दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग ५ विकेटले पराजित भयो।

तेस्रो स्थानको खेल शनिबार नेपाली समय अनुसार ४ः १५ बजे सुरु हुँदैछ। प्रिमियरको कपको फाइनलमा आयोजक ओमान र युएई आइतबार भिड्नेछन्।

तेस्रो सथानको खेल जित्दै नेपालले इमर्जिङ कपमा स्थान बनाउने लक्ष्य राखेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्न पाउने छन्।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले