साउदी प्रो लिग : अल नासरको पुनरागमन जित « Khabarhub

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा अल फयालाई ३–१ गोलले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरका लागि साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरेका थिए । यस्तै, अल फयाका फेसन सकलाले एक गोल गरेका थिए ।

खेलको छैटौँ मिनेटमा अल फयाका सकलाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर १–० गोलले पछि परेको स्थिति उल्ट्याएर अल नासर ३–१ गोलले विजयी बन्यो ।

अल नासरका अब्दुलेहले ७२औँ मिनेटमा र साडियोले ७६औँ र ८२औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । पराजित भएको अल फया २८ ३५ अंकसहित ११औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै