लहानको खुट्टीखोलामा घाट निर्माण « Khabarhub

लहानको खुट्टीखोलामा घाट निर्माण


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ ।

नगरपालिकाको दुई करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे ।

अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले सुविधासम्पन्न घाट बनाउने नगरप्रमुख चौधरीले बताए ।

दुई बिघा दश कट्ठा क्षेत्रफलमा घाट निर्माण हुनेछ । अबको १८ महिनाभित्र घाट निर्माण सम्पन्न गर्ने ठेक्का गोपीकृष्ण जेभीले पाएको छ ।

घाटमा क्रियापुत्री बस्ने ठाउँ, मन्दिर, फूलबारीलगायत संरचना पनि निर्माण गरिने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ८ : ४५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र