गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी « Khabarhub

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

गत चैत २५ गते मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मेवारी दिइएको हो ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँड भएको हो । जिम्मेवारीअनुसार चुमानले आर्थिक मामिला र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । ९ मन्त्रालय रहेको गण्डकी प्रदेशमा बाँकी ७ वटा मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना