गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी « Khabarhub

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

गत चैत २५ गते मन्त्रीमा नियुक्त स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानलाई जिम्मेवारी दिइएको हो ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँड भएको हो । जिम्मेवारीअनुसार चुमानले आर्थिक मामिला र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । ९ मन्त्रालय रहेको गण्डकी प्रदेशमा बाँकी ७ वटा मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ११ : १६ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर