रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने  « Khabarhub

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनका लागि आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको बताएका छन् । 

चुनावी प्रचार प्रसारका लागि इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै  रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह समेत गरे ।

आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले ठट्टा गर्दै भने, ‘हाम्रो त पानी खुवाउने पैसा पनि छैन । रक्सी, मासु त कसरी बाँड्नु ।’

उनले थपे, ‘मिलन लिम्बुले राम्रो काम गरेन भने अर्को लिम्बू आउँछ । लामिछानेले गर्न सकेन भने अर्को आउँछ । तपाईँ त शक्तिशाली जनता हो । के ऋण खानु भएको छ र मेरो  के ऋण खानुभएको छ र मिलन लिम्बुको ?अरूको खाच्चखुच्च खानुभयो होला । हाम्रो त खुवाउनै सक्दैनौँ  खुवाउँदैनौँ पनि, यी पानी खुवाउने पैसा छैन हाम्रो त ।’ 

रास्वपाले यतिखेर आफ्नो ध्यान इलाम २ को उपनिर्वाचनमा केन्द्रित गरेको छ । लामिछाने उम्मेदवार लिम्बूलाई भोट माग्न दोस्रो पटक इलाम  २ गएका हुन् । 

यसअघि मन्त्रीहरू सुमना श्रेष्ठ, डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ पनि इलाम २ पुगेर लिम्बूलाई भोट मागेका छन् । 

रास्वपाका अन्य नेताहरू पनि इलाममा जाने आउने गरिरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १ : ०८ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा