नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त « Khabarhub

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ ।

एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका लागि कूल ११ अर्ब अमेरिकी डलरको प्रतिबद्धता घोषणा गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

विश्व बैंक समूहको लिभरेजिङ क्षमताले प्रदान गरिएका स्रोतहरूमा १० वर्षमा छदेखि आठ गुणा गर्न अनुमति दिन्छ र प्रतिज्ञा गरिएको स्रोतहरूमा निश्चित परिस्थितिमा यो १० गुणासम्म पुग्न सक्छ ।

यी प्रतिज्ञा गरिएका स्रोतहरूले सीमापार चुनौतीहरूको सामना गर्न र विकास लक्ष्यहरूलाई अगाडि बढाउन तत्काल कोषमा ७० अर्ब डलरसम्म उपलब्ध गराउन सक्छ । 

‘हामीले यी नयाँ वित्तीय साधनहरू विकास गर्न कडा परिश्रम गरेकाले हाम्रो उधारो क्षमतालाई बढावा दिन्छ, दाता कोषलाई बढाउँछ र अन्ततः हामीलाई धेरै मानिसको जीवनमा सुधार गर्न अनुमति दिन्छ’, विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाले भने, ‘यी मुलुकका उदारता हामीले बैंक सुधार गर्न गरेको प्रगतिको समर्थन हो र विश्वव्यापीरूपमा विकासका लागि उनीहरूको साझा प्रतिबद्धताको सकेत पनि हो ।’

बेल्जियम, फ्रान्स, जापान, अमेरिकालगायत ११ मुलुकले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्ममा प्रतिज्ञा गरेका छन् भने डेनमार्क, जर्मनी, इटाली, लाटभिया, नेदरल्याण्ड्स, नर्वे र बेलायतले हाइब्रिड पूँजीका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । 

जापानले नयाँ लिभेवल प्लानेट फन्डमा प्रारम्भिक योगदान गर्नका लागि प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ६ : १८ बजे

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको