खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने « Khabarhub

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल कसैले आरोप लगाउँदैमा केही नहुने बताएका छन् । आफ्नो खुट्टा तान्नेहरुले जुत्ताबाहेक अर्थोक केही नपाउने गृहमन्त्री लामिछानेको भनाइ छ ।

‘जबसम्म जनताको साथ पाइन्छ, जबसम्म जनताको माया पाइन्छ, जसले जतिसुकै आरोप लगाए पनि, जसले जतिसुकै खुट्टा ताने पनि यिनीहरूले पाउने जुत्ता मात्रै हो, खुट्टा तान्न सम्भव छैन’ इलाममा शनिबार आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले भने ।

उनले अगाडि भने, ‘नेपाली जनताले हुर्काएको शक्ति हो रास्वपा । जनताले उठाएको शक्तिलाई सक्ने साहस कसैसँग छैन । जुन दिन जनताले साथ छोड्छन्, त्यो दिन कसैले केही गरिरहनुपर्दैन ।’

रास्वपा उम्मेदवार मिलन लिम्बुलाई जिताउन रास्वपाका अन्य नेता र मन्त्रीसमेत लिएर पुगेका लामिछानेले एमाले, कांग्रेस लगायतका दलका नेताहरूलाई लक्षित गर्दै भने, ‘वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेहरूले नयाँ मान्छेहरू आएको चित्त बुझाएका छैनन् । उनीहरु भनिरहेका छन्, यदि यिनीहरूलाई तिमीहरूले सिध्याएनौँ भने ८४ मा यिनीहरूले तिनीहरूलाई सिध्याएको हेर्नेछौँ । कि यिनलाई सक, कि तिमीहरू सकिने छौ भनिएको छ ।’

लामिछानेले अगाडि भने, ‘त्यसकारणले हामीलाई सक्ने प्रयास विभिन्न ढंगबाट, विभिन्न कोणबाट भइरहेको छ । जनताले उठाएको शक्तिलाई सक्ने साहस कसैसँग छैन ।’

नेपाली जनताले घण्टी बजाएर शुरु गरेको अभियानलाई जोगाउने जिम्मा सुम्पिनका लागि आफू इलाम आएको बताउँदै लामिछानेले भने, ‘हामीलाई थप शक्ति चाहिएको छ । हामीलाई थप शक्ति तपाईंले दिनुपर्ने छ । इलामको तागत हामीलाई संघमा चाहिएको छ । त्यसैले थप शक्ति प्रदान गरेर आफैंलाई शक्तिशाली बनाउनका निमित्त म मिलन लिम्बुलाई घण्टी चुनाव चिन्हमा भोट हाली पठाइदिनुहुन तपाईँहरूसँग भोट माग्नका लागि आएको छु ।’

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : १३ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन