टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने « Khabarhub

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने


८ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको व्यापक सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले गरेको अध्यययनले सो तथ्य देखाएको हो ।

विश्वविद्यालयले गरेको अनुसन्धानमा प्राविधिक शिक्षालय र निर्माण क्षेत्रका रोजगारदाताबीच समन्वयको अभाव, सीपयुक्त तालिम र प्राविधिक शिक्षामा युवाको पहुँच तथा रोजगारीसँगको कमजोर सम्बन्ध भएको देखिएको हो । त्यसैगरि स्थानीय तहले औपचारिक रुपमा टीभेट क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको पाइएको छ ।

पोखरामा आज एक कार्यक्रमका बीच सो अनुसन्धान प्रस्तुत गरिएको हो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा महेशनाथ पराजुलीले टीभेट शब्दको मर्मअनुसार सरकारबाट काम हुन नसकेको बताए । सामाजिक, आर्थिक रुपान्तरणको प्रमुख माध्यम टीभेट भए पनि यो क्षेत्रमा सरकारको कम प्राथमिकतामा परेको उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशको लोक सेवा आयोगकी सदस्य कल्पना लम्सालले मध्यम वर्गका सीपयुक्त जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले ध्यान दिएको बताएका छन् । यसका लागि गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले अनुगनम र मूल्याङ्कनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा नवराज देवकोटाले व्यवस्थापन शिक्षाको अभावमा टीभेट क्षेत्र कमजोर रहेको बताए । श्रम बजारको मागअनुरुपको तालिम हुन नसकेकै कारण टीभेट क्षेत्र कमजोर रहेको उनको भनाइ छ ।

कार्यक्रम काठमाडौँ विश्वविद्यालयअन्तर्गतको लेलम (लिङ्किङ, एजुकेशन विथ लेवर मार्केट) परियोजनाबाट गरिएका अनुसन्धानहरुको छलफलमा केन्द्रित थियो । छलफलमा गण्डकी प्रदेशकी सांसद कल्पना तिवारी, गण्डकी विश्वविद्यालयकी प्रा दुर्गा देवकोटालगायतको सहभागिता थियो ।

अनुसन्धानको निचोड प्रस्तुत गर्दै अनुसन्धानकर्ता काठमाडौँ विश्वविद्यालय एशोसियट डिन डा प्रकाशचन्द्र भट्टराईले टीभेट क्षेत्रको विकास गर्न यस क्षेत्रमा अनुसन्धान बढाउनुपर्ने बताए । डा भट्टराईसँगै डा सुरेश गौतम, डा प्रकाशकुमार पौडेललगायतको समूहले सो अनुसन्धान गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ९ : १५ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र