विद्युतसेवा अवरुद्ध हुँदा रुकुमपूर्वका ३ सय घरधुरी अँध्यारोमा « Khabarhub

विद्युतसेवा अवरुद्ध हुँदा रुकुमपूर्वका ३ सय घरधुरी अँध्यारोमा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व– गत बिहीबारदेखि सिस्ने गाउँपालिका वडा नं.–३ स्थित पाँगामा विद्युत सेवा अवरुद्ध हुँदा ३ सय घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

गाउँमा विद्युत वितरणका लागि राखिएको २५ केभिएको ट्रान्सफर्मर जलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयलाई विद्युतबाट हुने काम गर्न समस्या भएको छ ।

गाउँमा रहेका काष्ठ उद्योग, विद्यालयलगायत स्थानीयलाई मोबाइल चार्ज गर्न समस्या भएको सिस्ने गाउँपालिका वडा नं ३ की स्थानीय रीता खड्काले बताइन् । विद्युत सेवा अवरुद्ध भएपछि टुकी बालेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

ट्रान्सफर्मर बनाउन धेरै समय लाग्ने भएकाले तत्कालै विद्युत सेवा सञ्चालन गर्न नसकिने नवभिजन विद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले बताए । उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राविधिक ल्याउनुपर्ने भएकाले विद्युत सेवा तत्काल सञ्चालन गर्न नसकिने भएको हो । विद्युत सेवा सञ्चालन गर्नका लागि कम्तीमा पनि एक दुई हप्ता लाग्न सक्ने उनको भनाइ छ ।

अहिले पाँगालगायत पोखरा रुकुमकोटमा बाँफीकोट गाउँपालिका वडा नं २ पीपल रुकुमपश्चिममा रहेको नवभिजन लघुजलविद्युत सहकारी संस्थाबाट उत्पादित बिजुली बल्दै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : १४ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग