हेडको आक्रामक ब्याटिङले चम्किँदै हैदरावाद : दिल्ली ६७ रनले पराजित | Khabarhub Khabarhub

हेडको आक्रामक ब्याटिङले चम्किँदै हैदरावाद : दिल्ली ६७ रनले पराजित


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको हो।

हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए। ३२ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे।

अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए भने मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो। दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाए। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न हैदरावादका लागि टि नटराजनले एक्लै ४ विकेट हात पारे। मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट हात पार्दा भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए।

यो जितसँगै सात खेल खेलेको हैदरावाद १० अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। आठ खेल खेलिसकेको दिल्ली भने ६ अंकसहित तालिकाको सातौं स्थानमा छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल कलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच हुँदैछ। यो खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा पञ्जाब किंग्स र गुजरात नाइटनले प्रतिस्पर्धा गर्नेछन्। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : ०७ बजे

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था