राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण | Khabarhub Khabarhub

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो ।

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख इन्जिनीयर दीपक धामीका अनुसार ठेक्का सम्झौता भएको ११ महिनामा निर्माणको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । आर्थिक प्रगति २२ प्रतिशत छ ।

उनका अनुसार कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्न मिल्ने प्यारापिट निर्माण हुनेछ ।

कभर्डहल सञ्चालनमा आएपछि खेलाडीलाई अभ्यास गर्न सहज हुने पूर्वखेलाडी तथा तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमालले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ३९ बजे

डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङ्टन डिसीमा राष्ट्रिय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र

आज २०८२ साल साउन २७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २७ गते मंगलबार। भाद्र