जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एक जनाको मृत्यु, सात बेपत्ता « Khabarhub

जापानी दुई सैनिक हेलिकप्टर दुर्घटना, एक जनाको मृत्यु, सात बेपत्ता


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ ।

राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो । त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानको तालिमसँगको सम्पर्क पनि टुट्यो । जापान सेल्फ डिफेन्स फोर्स ९एसडीएफ० का एक प्रवक्ताले शघटनाको पुष्टि गर्दै एक व्यक्तिलाई उद्धार गरिएको तर मृत्यु भएको बताएका छन् ।

जापानका रक्षामन्त्री मिनोरु किहाराले विमानका केही भाग समुद्रमा देखिएको बताएका छन् । जसका कारण दुवै दुर्घटनामा परेको अनुमान गरिएको छ । समुद्री आत्मरक्षा बलले वरपरको पानीमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कोहिको संलग्नता नभएको बताएको छ ।

गत वर्ष अप्रिलमा दक्षिणी ओकिनावाको मियाको टापुमा सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । जहाजमा दुई पाइलट, दुई मेकानिक र एक आर्मी जनरल र अन्य गरी १० जना सवार थिए । तिनीहरू सबैको मृत्यु भएको थियो ।

त्यस्तै जनवरी २०२२ मा पनि मध्य इशिकावामा एउटा लडाकु विमान पानीमा खसेको थियो । त्यसमा बसेका दुई पाइलटको मृत्यु भएको थियो । यति मात्र होइन, २०१९ मा उत्तरपूर्वी जापानबाट तालिमका लागि उडेको स्टेल्थ जेट समुद्रमा खसेको थियो ।

गत वर्ष नोभेम्बरमा अमेरिकी सेनाको ओस्प्रे सैन्य विमान जापान नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।

यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । अमेरिकाले एसियाका धेरै देशसँगको सम्बन्ध सुधार्न निरन्तर लागिरहेको छ । पछिलो समय चीनको आक्रामकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  १२ : २५ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न