पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग एक महिनापछि खुल्यो | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग एक महिनापछि खुल्यो


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध बनेको सिद्धिचरण लोकमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको सडक शनिबारदेखि सुचालु भएको हो ।

बेतेनी–घुर्मीखण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभञ्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध भएको थियो ।

कटारी–घुर्मी सडकखण्डको ठाँटीभञ्ज्याङमा भएको अवरोध हटेसँगै सवारी साधन सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले बताए ।

ठाँटीभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकाले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालन गरिएको प्याकुरेलको भनाइ छ ।
सडक सञ्चालन भएसँगै उदयपुरको कटारी हुँदै तराईबाट ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु आवतजावत गर्ने साना तथा ठूला सवारी सञ्चालनमा आएका छन् ।

कटारी–घुर्मी सडकखण्ड अवरुद्ध खुलेसँगै प्रदेश–१ को माथिल्लो तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्री ढुवानी शुरु भएको छ । यी तीन जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धनलगायतका सामग्री सिद्धिचरण लोकर्मागबाटै भित्रिने गर्दछ ।

सिद्धिचरण लोकमार्ग तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य मार्ग हो । अवरुद्ध हुँदा यी तीन जिल्लामा बर्दिवास–सिन्धुली–खुर्कोट हुँदै सामान तथा यात्रु आवतजावत गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०३ बजे

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा

प्रहरी निरीक्षकले नागढुंगाको सडकमै कुटे सहायक हवल्दारलाई

काठमाडौं– काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहले एकजना प्रहरी

यस्तो छ महालेखापरीक्षकले ९४ खर्ब ६३ अर्बको लेखापरीक्षण गरेर बनाएको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा सङ्घीय, प्रदेश