विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै « Khabarhub

विद्या भण्डारीलाई गणतन्त्र गौरव पदक, १५ बुँदे प्रस्ताव पारित गरिँदै


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले)ले गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई विशेष सम्मान गर्ने निर्णय लिएको छ।

पार्टीको हीरक जयन्ती महोत्सवका अवसरमा भण्डारीलाई सम्मान गर्न लागिएको हो।

यही शनिबार र आइतबार दुई दिनसम्म ललितपुरको गोदावरीमा भएको महाधिवेशन प्रतिनिधि परिषद् बैठकले १५ बुँदे प्रस्ताव पनि पारित गर्दैछ ।

बैठकले १५ बुँदे प्रस्ताव पारित गरेपछि प्रतिनिधि परिषद् सदस्यहरुको बैठक सकिने छ । यो बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आइतबारको परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उक्त प्रस्ताव राखेका थिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्ने योजनाअनुसार पार्टीको हीरक जयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागिएको घोषणा गरे।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वाभिमान रक्षाका लागि लिएको अडानको सम्मानका खातिर गणतन्त्र गौरव पदक दिन लागिएको पोखरेलले बताएका छन् ।

एमालेले यही सोमबार पार्टी स्थापनाको ७५ औँ वर्षदिवस मनाउँदै छ । त्यही दिन भण्डारीलाई उक्त सम्मान दिन लागिएको हो । गोदावरीमा सोमबार हुने विशेष समारोहमा भण्डारीलाई सम्मान गरिँदै छ ।

दुई दिने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रस्तावसहितका दस्तावेजमाथि विभिन्न ६ समूह बनाएर छलफल गरिएको थियो । ती समूहको छलफलबाट आएका निष्कर्ष समेटेर एमालेले १५ बुँदे प्रस्ताव पारित गर्दैछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : १८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ