पार्टीलाई निर्णायक विन्दुमा पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष पोखरेल « Khabarhub

पार्टीलाई निर्णायक विन्दुमा पुर्‍याउन आवश्यक छ : उपाध्यक्ष पोखरेल


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै पोखरेलले मुलुकलाई अघि बढाउनका लागि एमालेलाई बलियो बनाउँदै आगामी निर्वाचनमा राष्ट्रिय रूपमा निर्णायक विन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

संगठन सुदृढ नभए पार्टी कमजोर हुने भएकाले एमालेलाई बिचार, संगठन, नेतृत्वमा बलियो बनाउनुपर्ने उनले बताए ।

पोखरेलले बैठकले गरेको निर्णयहरूका आधारमा राष्ट्रिय शक्तिलाई सुदृढ गर्नुपर्ने बताए । उनले एमालेरुपी राष्ट्रिय शक्ति बनाउन सबै नेता कार्यकर्ताका साथै सिगाें पार्टीपङ्ती लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा रामप्रित पासवान, पृथ्वी चन्द चौधरी लगाएत एमाले प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले बैठकको अध्यक्षता गर्दै बैठक समापन गरेका हुन् ।

दुई दिनसम्म चलेको बैठकमा करिब दुई हजार पाँच सय सहभागी रहेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका