श्रीलंकामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु « Khabarhub

श्रीलंकामा कार रेस दुर्घटना हुँदा ७ जनाको मृत्यु


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा भएको एक कार रेस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्रयाकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सन् २०२३ मा श्रीलंकामा २ हजार २०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : ३६ बजे

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति पुग्यो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस