गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन : माधव नेपाल | Khabarhub Khabarhub

गठबन्धन कति दिन टिक्छ, टुङ्गो छैन : माधव नेपाल


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबारे शंका व्यक्त गरेका छन् । 

नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा शंका व्यक्त गरेका हुन् ।

उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिनँ । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।

उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ ।’

पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् ।  उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ११ : ०३ बजे

प्रधानमन्त्री भन्छन्- मेरो नाम भजाएर कसैले गलत गर्न खोजे झपारेर पठाउनू

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कमजोरी देखिए पनि कारबाही

सञ्चारमन्त्रीले भने- यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क-२’ लागू गर्छौँ

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको

उपचारका क्रममा एक कैदीको मृत्यु

वीरगञ्ज– यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे

धनकुटा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता

राष्ट्रियसभा : मल, बीउ र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग 

काठमाडौं–  राष्ट्रियसभामा सांसदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न