ओली भन्छन् : कम्युनिस्ट पार्टीहरू आएदेखि देशलाई लाभैलाभ भयो « Khabarhub

ओली भन्छन् : कम्युनिस्ट पार्टीहरू आएदेखि देशलाई लाभैलाभ भयो


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीहरूका कारण देशले लाभैलाभ लिएको बताएका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पद गणतन्त्रको प्रतीक रहेको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बा सम्मानित गरेपछि उनले यस्तो बताएका हुन्। ‘राष्ट्रपति पद गणतन्त्रको प्रतीक हो । जनताको सर्वोच्चताको चिह्न हो’, उनले भने, ‘कतिपय मानिसहरू श्रीपेंच लगाएर राजाका नाममा हीनताबोध महसुस गर्छन् । लोकतन्त्र र समाजवादप्रतिको संघर्ष हेरेर उहाँ (विद्या भण्डारी) लाई गणतन्त्र गौरवद्वारा सम्मानित गरेका हौँ ।’

ओलीले देशका लागि कम्युनिस्ट पार्टीहरू लक्षिणका रहेका बताए । ‘कम्युनिस्ट जन्मिएदेखि राणा शासन फ्याँकियो। देशमा उथलपुथल भएर जनताले जित्दै आएका छन्’, उनले भने, ‘गाउँमा मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको भन्छन् नि, नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ ।’

उनले २००७ सालमा कम्युनिस्ट कमजोर भएका बेला त्यसबेलाको आन्दोलन सफल हुन नदिइएको बताए ।

‘२००७ सालको आन्दोलनलाई राजा राणा र दिल्ली मिलेर तुहाए सफलतामा पुग्न दिएनन्’, उनले भने, ‘कम्युनिस्ट पार्टीले त्यसबेला असफलतामा टुंग्याइयो भनेका थिए। कम्युनिस्ट पार्टीले त्यस बेला भनेको ठीक थियो ।’

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ३ : ०५ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय