नेपालको वन, विदेश जान्छ धन : सरकारले बेच्दा ८ सय उपभोक्ताले किन्दा ८ हजार « Khabarhub

नेपालको वन, विदेश जान्छ धन : सरकारले बेच्दा ८ सय उपभोक्ताले किन्दा ८ हजार


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरियो वन नेपालको धन भन्ने आख्यान पुरानो भएको छ । सँगै यो परिवर्तन पनि भएको छ । अब हरियो वन विदेशमा धन भन्नुपर्ने बेला भएको छ । किनकी काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ बिदेसिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको नयाँ पत्रिकामा खबर छ ।

नेपालको वनबाट वर्षमा ७० अर्बको काठ निकाल्न सकिन्छ । सरकारले बेच्दा प्रतिक्युफिट ८ सय रुपैया रहेको काठको मूल्य उपभोक्ताले किन्दा ८ हजार पर्छ । योबीचमा बिचौलियाको मात्र मालामाल हुने गरेको छ ।

ब्याजदरमा हस्तक्षेप नगर्ने सरकारी नीति शीर्षकमा छापिएको अर्को समाचारमा ब्याजदरका विषयमा आएको समस्या समाधानका लागि बैंकर र व्यवासायी मिलेर समाधान खोज्न सरकारले सुझाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले भरसक हस्तक्षेप गर्न नपरोस भन्ने सरकारको धारणा रहेको बताएका छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर्जाको ब्याजदर एक अंकको हुनुपर्ने बताएकी छन् । बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने बैंकलाई मात्र दोष देखाउन नहुने बताएका छन् ।

त्यस्तै स्ववियु निर्वाचन समिति घोषणा, पाठकमाथि अख्तियारले नै छानविन गर्नेलगायतका समाचार छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ७ : ०५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी