धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट | Khabarhub Khabarhub

धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सर्लाही । घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ । त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उहाँकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ ।

आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल