'काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन' | Khabarhub Khabarhub

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ । 

सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिए।

महानगरले सार्वजनिक सूचनामार्फत संकलन गरिएका आवेदकमध्ये एक सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरिएका पोख रेलले बताए। स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका (सम्पदा) कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् । 

पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् । स्वयंसेवकले हरेक हप्ताको दुई दिन ९बिहीबारशुक्रबार० विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीहरूसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ । 

त्यसैगरी हरेक बिहीबार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रबार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ । उनीहरूलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममासमेत सहभागी गराउन सकिने पोखरेलको भनाइ छ ।  

महानगरपालिकाले स्वयंसेवकका लागि निश्चित आचारसंहिता पनि बनाइदिएको छ । आचारसंहिताको पालनाले बालबालिकाका अधिकार, विद्यार्थीहरूका व्यक्तिगत गोपनीयताबारे सचेत रहँदै शिक्षण सिकाइप्रति उत्प्रेरित गर्न तथा विद्यार्थीमाथि हुनसक्ने हिंसाबारे सचेतना बढाउनसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : १५ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न