व्यासमा प्लास्टिक झोला निषेध | Khabarhub Khabarhub

व्यासमा प्लास्टिक झोला निषेध


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको हो । 

नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न न्यौपानेले नगरवासीलाई आग्रह गरे। उनले भने, ‘प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरू प्रयोग गर्न प्रोत्साहन गरेका छौँ ।’

व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन न्यौपानेले आग्रह गरे। उनले भने, ‘हामीले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान धेरै पहिलादेखि लागू गर्न खोजेका हाैँ तर सफल हुन सकेको छैन । अब कडाइका साथ लाग्छौँ ।’

विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग हुनेहुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्न नगरपालिकाले आग्रह गरेको छ । प्लास्टिक झोला प्रयोग गरेको पाइए वा बिक्रीवितरण गरेको पाइएमा प्लास्टिक झोला जफत गरी जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ४५ बजे

परराष्ट्रमन्त्रीको निष्कर्ष : नेपाली युवाहरू टिकटक लगायत सामाजिक सञ्जालको लतमा फसे

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशका युवाहरूलाई सकारात्मक सोच

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

गण्डकी– देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या

संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने

कमल हासन मुछिए विवादमा, आयो ज्यान मार्ने धम्की

काठमाडौं– दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ कमल हासन हाल सनातन

महेश बर्तौलाले भने- रास्वपा र राप्रपाको बहिष्कारले संसद्‍कै गरिमामाथि प्रश्न उठायो

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद् बहिष्कार