महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव « Khabarhub

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । 

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखि खोपको अभाव भएको जानकारी दिए । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए। 

भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गरे। ‘घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ’, उनले भने। 

अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्क पाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ४२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ