लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा « Khabarhub

लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिँदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।

लोकतन्त्र दिवसको शुभकामना दिँदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउँदै लोकतन्त्र व्यवस्था ल्याए अनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।

उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन् ‘आज लोकतन्त्र दिवस १ जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ! लोकतन्त्र व्यवस्था त ल्यायौं तर त्यसअनुरूप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो। लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस्। यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना!

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ४९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ