१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण | Khabarhub Khabarhub

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

भक्तपुरस्थित आफ्नै अस्पतालमा आज आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए ।

अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनले बताए ।

आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गरे।

सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए । सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले आयोजना गरेको एक हजार दुई सय रोपनीको जग्गामध्ये १० रोपनी मानव अङ्गको अस्पताल बनाउन दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिरामीको चाप बढेकाले भवन विस्तारमा जोड दिनुपर्ने बताए । सो अवसरमा २०८० सालमा उत्कृष्ट सेवा गरेबापत डा दिपेश श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट सेवा दिएको भन्दै केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र डा कल्पनाकुमारी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ५४ बजे

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र