अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ « Khabarhub

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

मिथिला नगरपालिका– ६ ढल्केवरबाट अपहरणमा परेका उदयपुरको  कटारी नगरपालिका–१० का लालबहादुर थापा मगरलाई प्रहरीले उद्धार गरेको हो ।

मंगलबार दिउँसो थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी नगरपालिका– १ का जयकुमार तामाङ, सोही ठाउँका मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार– ६ का शंकर लामा र गोलबजार– २ का अरुण कुमार लामा छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता आवाका अनुसार थापा प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्स कम्पनीमा कार्यरत रहेको र लेनदेनको विवादका कारण उनी अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ९ : १४ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर